क्रिष्टल प्यालेसलाई हराउँदै टोटनह्यामले छाेट्यायाे म्यानचेस्टर सिटीसँगको दूरी

 कात्तिक २५, २०७५ आइतबार ८:३७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । 

क्रिष्टल प्यालेसलाई १–० ले हराउँदै टोटनह्यामले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी छोट्याएको छ । प्यालेसको मैदानमा भएको खलमा हुवान फोइथको दोस्रो हाफको गोल निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गरेका थिए । 

जितसँगै टोटनह्यामले १२ खेलबाट २७ अंक बनाएको छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटीको २९ अंक छ । यस्तै दोस्रो र तेस्रो स्थानको चेल्सी र लिभरपुलको पनि २७–२७ अंक भए पनि दुबै टिमले एक एक खेल कम खेलेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया