स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – न्युजिल्यान्डसँगको चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि पाकिस्तान पराजित भएको छ । आज क्रिस्टचर्चमा भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ७ विकेटले हरायो ।
पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य न्युजिल्यान्डले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ७२ र ग्लेन फिलिप्सले ७० रन बनाए । दुवै खेलाडी नट आउट रहे । मिचेल र फिलिप्सले चौथो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे ।
यो न्युजिल्यान्डबाट चौथो विकेटका लागि भएको सबैभन्दा धेरै रनको साझेदारी हो । यसअघि केन विलियमसन र कोरे एन्डरसनले चौथो विकेटका लागि १ सय २४ रनको साझेदारी गरेका थिए । बलिङतर्फ पाकिस्तानका कप्तान शाहीन अफरिदीले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले नट आउट ९० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका म्याट हेनरी र लकी फर्गुसनले समान २ विकेट लिए ।
न्युजिल्यान्ड पहिलो खेलमा ४६, दोस्रो खेलमा २१ र तेस्रो खेलमा ४५ रनले विजयी भएको थियो । अब पाँचौँ तथा अन्तिम खेल पर्सि आइतवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।