१९ वर्षमुनिकाे विश्वकप क्रिकेट : अमेरिकालाई हराउँदै आयरल्यान्डकाे विजयी शुरुवात

 माघ ५, २०८० शुक्रबार १८:४२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटमा आयरल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज भएकाे समूह 'ए' काे खेलमा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हरायाे ।

अमेरिकाले दिएकाे १ सय ६ रनकाे सामान्य लक्ष्य आयरल्यान्डले २२ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायाे । आयरल्यान्डका रायन हन्टरले नट आउट ५० रन बनाए । अमेरिकाका आर्य गर्गले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अमेरिका ४० ओभर २ बलमा १ सय ५ रनमा अल आउट भयाे । अमेरिकाका खुश भालालाले नट आउट ३८ रन बनाए । आयरल्यान्डका रुबेन विल्सन र ओलिभर रिलेले समान ३ विकेट लिए ।

दक्षिण अफ्रिकामा आजदेखि शुरु भएकाे प्रतियाेगिता यही माघ २८ गतेसम्म चल्नेछ ।  यो विश्वकपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह 'डी' मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् । नेपालले पर्सि आइतवार पहिलो खेल न्युजिल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया