१२ वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन सम्भव छ : विज्ञ

 माघ ५, २०८० शुक्रबार १८:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५ सय मेगावाट बिजुली उत्पदान, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य सम्भव भएको बताएका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलका सहसचिव सन्दीपकुमार देवले नेपालमा २० मेगावाट बिजुली उत्पादन भएको अवस्थाबाट ५ सय मेगावाट निर्यात गर्नेसम्मको अवस्थामा आइपुगेको भन्दै सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट बिजुली उत्पादनको योजना सम्भव रहेको बताउनुभयो ।

त्यस्तै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमहादुर मिश्रले जलविद्युत् आयोजना निर्माणमा लगानी गर्न नेपालका बैंक तथा वित्तीय संस्था सक्षम रहेको भन्दै साना साना योजनामा लगानी गरेर ठूलो मात्रामा बिजुली उत्पादनको सम्भावना रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० हजार मेगावाट बिजुली निर्यातसहित आन्तरिक खपत बढाउन सकेमा देशको आर्थिक क्षेत्रमा सकरात्मक प्रभाव पर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया