एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसियाको जित

 माघ ६, २०८० शनिबार ६:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एएफसी एसियन कप फुटबलमा इराक, इरान र इन्डोनेसिया विजयी भएका छन् । गएराति भएको खेलमा इन्डोनेसियाले भियतनामलाई र इरानले हङकङलाई हरायो । इन्डोनेसियाले भियतनामलाई १–० गोलले हराएको हो । उसका अस्नावी बाहरले खेलको ४२औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक भयो । समूह ‘डी’ मा इन्डोनेसिया र जापानको २ खेलमा ३ अङ्क तथा इराकको २ खेलमा ६ अङ्क छ । इराकले पहिलो खेलमा इन्डोनेसियालाई हराएको थियो । भियतनाम अङ्क विहीन छ ।

जापान समूह चरणको दोस्रो खेलमा इराकसँग पराजित भएको छ । हिजो भएको पहिलो खेलमा जापानलाई इराकले २–१ गोलले हरायो । इराकका अइमान हुसेनले खेलको पहिलो हाफमा दुई गोल गरे । दोस्रो हाफको अन्तिम समयमा जापानका वातारु एन्डोले एक गोल फर्काए । त्यस्तै समूह ‘सी’ मा इरानले हङकङलाई १–० गोलले हरायो । इरानको २ खेलमा ६ अङ्क भएको छ ।

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया