बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम झनै बढ्यो

 माघ ६, २०८० शनिबार १५:४९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिने क्रम झनै बढेको छ । बजारमा कर्जाको माग नहुँदा अर्थात ऋण लैजाने ग्राहक नहुँदा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको हो । यसलाई अधिक तरलता भन्ने गरिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ६१ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप अर्थात बचत जम्मा भएको छ । १५ दिनमै निक्षेप ३६ अर्ब रुपैयाँले बढेको छ । यस्तै, अहिले बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अर्थात् ऋण दिएका छन् । १५ दिनमा कर्जा प्रवाह भने ३२ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप अर्थात बचत भएको रकमको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाले ६१ खर्ब २१ अर्ब रुपैयाँको ९० प्रतिशत अर्थात ५५ खर्ब आठ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्थ्याे । तर जम्मा ५० खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह भएको छ । यसको मतलब बैंक तथा वित्तीय संस्थासँग झण्डै पाँच खर्ब रुपैयाँ अधिक तरलता अर्थात कर्जा नगएर पैसा थुप्रिएको छ ।

अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थासँग ऋण दिने पैसा थिएन अर्थात तरलता अभाव थियो, अहिले भने कर्जा नगएर पैसा थुप्रिएको छ, अर्थात अधिक तरलता छ । अधिक तरलता हुँदा देशमा नयाँ उद्योग कलकारखाना खुल्ने सम्भावना कम हुन्छ, भएका उद्योग कल कारखानाले पनि क्षमता विस्तार नगरेको बुझिन्छ  ।

यस्तै, ब्याज निरन्तर ओरालो लाग्ने सम्भावना हुन्छ र मानिसले बैंकमा पैसा नै नराखी गैरकानुनी बाटोबाट विदेशमा लगेर लगानी गर्नेसम्मको जोखिम रहन्छ । यस्तै, बैंकसँग अधिक तरलता बढ्दै गएमा उनीहरुले ग्राहकबाट बचतको लागि पैसा नै नलिने अवस्था पनि आउन सक्छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया