प्रधानमन्त्री कप क्रिकेटमा मधेसले कर्णालीलाई हरायो

 माघ ६, २०८० शनिबार १६:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले कर्णाली प्रदेशलाई ६१ रनले हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा  मधेसले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ४१ ओभर एक बलमा १ सय ७० रनमा अलआउट भयो ।

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाए । मधेसका राजेश यादवले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि हरिशंकर साह र मयन यादवले समान ५०/५० रन बनाए ।

कर्णालीका दिपेन्द्र रावतले चार र अनुज चुनाराले दुई विकेट लिए । जितसँगै मधेस पाँच खेलमा ६ अंकसहित तेस्रो स्थानमा पुगेको छ । कर्णाली चार खेलमा ४ अङ्कसहित तालिकाको सातौँ स्थानमा झरेको छ । प्रतियोगितामा १० वटा टोली सहभागी छन् । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया