स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।
नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह 'डी' मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।
नेपालले १९ वर्षमुनिकाे विश्वकप आठौँ पटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा खेलेको थियो । नेपालले न्युजिल्यान्डसँग सन् २०१६ मा र २००६ मा गरी दुई पटक खेलेकोमा पछिल्लो खेलमा ३२ रन र पहिलो खेलमा एक विकेटले हराएको थियो ।
नेपालले १९ वर्षमुनिकाे विश्वकपअघि चार अभ्यास खेल खेलेको छ । जसमा नेपालले स्कटल्यान्ड र नामिबियालाई हरायो भने वेस्ट इन्डिजसँगको खेल वर्षाको कारण रद्द भएको थियो । प्रतियोगितामा आजै श्रीलङ्का र जिम्बावे पनि खेल्दैछन् ।
हिजो भएका खेलमा भारतले बङ्गलादेशलाई ८४ रनले हरायो । यस्तै, इङ्ग्ल्यान्डले स्कटल्यान्डलाई सात विकेटले र पाकिस्तानले अफगानिस्तानलाई एक सय ८१ रनले हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।