स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
कास्की – पर्सिदेखि पोखरामा शुरु हुने २३ औँ आहा रारा पोखरा गोल्डकपमा १२ वटा टोली सहभागी हुने भएका छन् ।
प्रतियोगितामा साविक विजेता सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मच्छिन्द्र, चर्च ब्वाइज, सशस्त्र प्रहरी बलको एपीएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुने आयोजकले जानकारी दिएको छ । विदेशी टोलीमा भुटानको पारो फुटबल क्लबले प्रतिस्पर्धा गर्ने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो । उद्घाटन खेलमा सहारा र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सहभागी प्रत्येक टोलीलाई प्रत्येक खेलको २० हजार र अन्तिम ८ खेल्नेलाई ३० हजार र सेमिफाइनल खेल्नेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने क्लबक अध्यक्ष केशव बरालले जानकारी दिनुभयो । पुरस्कारमा मात्रै २८ लाख ३२ हजार रुपैयाँ खर्च हुने उहाँले बताउनुभयो ।
प्रतियोगिता यही २० गतेसम्म पोखरा रङ्गशालामा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ४९ लाख खर्च लाग्ने र १ करोड ८६ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।