शंकास्पद कारोबार बर्सेनि बढ्दो, गएको वर्ष ५ हजार ९ सय वटा बैंकिङ कारोबार शंकास्पद

 माघ १०, २०८० बुधबार १०:०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा शंकास्पद कारोबार बर्सेनि बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थामा ५ हजार भन्दा बढी शंकास्पद कारोबार भएको पाइएको छ ।

गएको आर्थिक वर्षमा कुल ५ हजार ९ सय ३५ वटा शंकास्पद कारोबार भएको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा शंकास्पद कारोबारको सङ्ख्या २ हजार ७ सय ८० मात्र थियो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा शंकास्पद कारोबार दोब्बर भन्दा पनि धेरैले बढेको हो ।

प्रतिवेदनअनुसार वाणिज्य बैंकहरुले ५ हजार १ सय ८७ कारोबार शंकास्पद रहेको जानकारी गराएका छन् । त्यस्तै विकास बैंकहरुले २५७ वटा, फाइनान्स कम्पनीले ४४ वटा, लघुवित्तले २८ वटा, रेमिट्यान्स कम्पनीले १४६ वटा, सहकारीले एउटा र सेक्युरिटिज कम्पनीले ४६ वटा शंकास्पद कारोबारको जानकारी दिएका हुन् । 

संस्थाहरूलाई कुनै पनि कारोबार शंकास्पद लागेमा त्यसको जानकारी तीन दिनभित्र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइलाई गराउनुपर्ने व्यवस्था सम्पत्ति शुद्धीकरण निवारण ऐनमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया