सीआईएका पूर्व अधिकारी जोशुआ शुल्टेलाई ४० वर्षको जेल सजाय

 माघ १९, २०८० शुक्रबार ११:५२:० | एजेन्सी
unn.prixa.net

अमेरिकी खुफिया एजेन्सी सीआईएका पूर्व अधिकारी जोशुआ शुल्टेलाई ४० वर्षको जेल सजाय सुनाइएको छ । उनलाई जासुसी, कम्प्युटर ह्याकिङ, अदालतको अवहेलना, एफबीआईलाई गलत बयान दिने र बाल दुर्व्यवहारको तस्बिर राख्ने आरोपमा सजाय सुनाइएको हो ।

अभियोजकले उनलाई सीआईएको ‘भल्ट सेभेन’ उपकरणहरू लिक गरेको आरोप लगाएका छन् । जसले गुप्तचर अधिकारीलाई स्मार्टफोन ह्याक गर्न र सुन्ने उपकरणहरूको रूपमा प्रयोग गर्न अनुमति दिन्छ । ३५ वर्षका शुल्टेले सन् २०१७ मा विकिलिक्सलाई लगभग ८ हजार ७ सय ६१ कागजात सेयर गरेको आरोप छ । जुन सीआईएको इतिहासमा सबैभन्दा ठूलो डाटा उल्लङ्घन रहेको अमेरिकी न्याय विभागले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

शुल्टे साइबर इन्टेलिजेन्स केन्द्रमा सफ्टवेयर विकासकर्ताको रूपमा कार्यरत थिए । अमेरिकी अधिवक्ता डेमियन विलियम्सले शुल्टले अमेरिकी इतिहासमा जासुसीको सबैभन्दा जघन्य अपराध गरेर आफ्नो देशलाई धोका दिएको टिप्पणी गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया