सोलुखुम्बुमा हिमपात र वर्षाले किसान उत्साहित

 फागुन ११, २०८० शुक्रबार १३:९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिमपात तथा वर्षाले सोलुखुम्बुका किसानहरु खुसी भएका छन् । लामो समयको खडेरीको मार खेपेका किसानहरु वर्षा तथा हिमपातपछि उत्साहित भएका हुन् । हिउँदे वर्षा नहुँदा जमिन सुक्खाग्रस्त बन्दै गएको थियो भने डाँडापाखाहरु समेत उराठ लाग्दा बनेको थियो ।

तर ढिला गरी भए पनि फागुनमा परेको वर्षा तथा हिमपातले केही राहतको महसुस गरेको सल्लेरीका ल्हाक्पा शेर्पाले बताउनुभयो । हिमपात नहुँदा लेकाली भेगका किसानले लगाएका गहुँ, उवा, जहुँ जस्ता बालीहरु खडेरीको चपेटामा परेका थिए ।

तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमि जस्तो बन्दै गएको पञ्चनका केशव प्रसाद कोइरालाले बताउनुभयो । वर्षाले खडेरीले सुकेका बालीहरु फस्टाउने आशा रहेको उनीहरुले बताएका छन् ।

यसैबीच, हिमपातपछि सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी र त्यहाँँ पुगेका पर्यटकहरु पनि खुसी भएका छन् । खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्रहरु रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताउनुभयो ।

यतिखेर लुक्लाबाट देखिने डाँडाहरु हिउँले भरिएर सेताम्मे बनेका छन् । पर्यटकहरु समेत हिउँ खेल्नमा व्यस्त रहेको लुक्लाका स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । हिजो लुक्ला, नाम्चे, पत्ताले, पिकेडाँडा, जुनबेसी, रातनागी लगायतको क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया