कर्णालीका ५ वटा जिल्लामा पाैष्टिक तत्त्व मिसाइएकाे चामल बिक्री शुरु

 फागुन ११, २०८० शुक्रबार १८:२१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सुर्खेत – कर्णाली प्रदेशका पाँच वटा जिल्लामा भिटामिन र खनिज मिश्रण गरेको चामलको बिक्री/वितरण शुरु भएको छ ।

बाल मृत्युदर र कुपोषणको समस्या कम गर्न पौष्टिक तत्त्व मिसाइएको चामल अर्थात् 'फोर्टिफाइड राइस' वितरण शुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । यो चामल कर्णाली प्रदेशका कालीकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लामा वितरण हुनेछ ।

विश्व खाद्य कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा स्तरोन्नति गरिएको चामल उत्पादन गरी कम्पनीमार्फत पाँच वटा जिल्लामा वितरण गर्न थालेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव प्रमोद कोइरालाले जानकारी दिनुभयो । खाद्य कम्पनीले बर्दियाको राजापुरमा रहेको मिलमा चामलमा पौष्टिक तत्त्व स्तरोन्नतिका लागि आवश्यक पर्ने उपकरण तथा अन्य सामग्री जडान गरेर उत्पादन थालेको हो ।

नेपालमा कुपोषणको दरमा सुधार आइरहेको भए पनि सुक्ष्म पोषक तत्त्वको कमीका कारण हुने कुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ । नेपालमा यसअघि आयोडिन मिसाइएको नुन प्रयोगमा आए पनि चामलमा भने पहिलो पटक पोषक तत्त्व मिसाइएको हो ।

कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, डोल्पा र कालीकोटका लागि दुई वर्षसम्म ७२ हजार टन चामल स्तरोन्नति गरिने लक्ष्य छ । कर्णाली प्रदेश योजना आयोगका अनुसार कर्णाली प्रदेशमा कुपोषणका कारण ३६ प्रतिशत मानिसमा पुड्कोपनको समस्या छ । कुपोषणकै कारण उत्पन्न भएको ख्याउटेपनबाट चार प्रतिशत बालबालिका प्रभावित छन् । ३६ प्रतिशत बालबालिकामा कम तौलको समस्या छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया