खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द

 फागुन १२, २०८० शनिबार १२:१९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा गाउँ–गाउँमा स्वास्थ्यको पहुँच विस्तार गर्ने लक्ष्यका साथ स्थापना गरिएका चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका छन् । २०७४ सालमा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष शंखरबहादुर राई र बिमला राई नेतृत्वको स्थानीय सरकारले स्थापना गरेका ६ वटामध्ये चार वटा सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका हुन् ।

अहिले जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानको सिक्किमटार र जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको डुम्रीकोटे सामुदायिक स्वास्थ्य इकाइ मात्र सञ्चालनमा छन् । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयको बाम्राङ सामुदायिक स्वास्थ्य इकाइ र कात्तिके सामुदायिक स्वास्थ्य इकाइ तथा जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको खुटा छिरुवाधारा सामुदायिक स्वास्थ्य इकाइ र मातेपानी सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका हुन् ।

बन्द सामूदायिक स्वास्थ्य इकाइबाट गाउँघर क्लिलिक र खोप सेवा सञ्चालन हुने गरेको छ । राजनैतिक आग्रहपूर्वाग्रह राखेर स्वास्थ्य इकाइ बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेबाट निर्वाचित वडाध्यक्ष बिदुरमान राईको दाबी छ । ६ वटा वडा रहेको गाउँपालिकामा अहिले माओवादी केन्द्रका अरुणादेबी राई अध्यक्ष र कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्ष हुनुहुन्छ ।

यसैबीच जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङको बामोल सामुदायिक स्वास्थ्य इकाइ उद्घाटनमै सिमित छ । उद्घाटन भए पनि त्यसपछि स्वास्थ्य इकाइबाट सेवा प्रवाह नभएको स्थानीय बासिन्दाको गुनासो छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया