सडक विस्तारमा ढिलाइ भएको भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख अनशनमा

 फागुन १२, २०८० शनिबार १०:३६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ भएको भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले अनशन थाल्नुभएको छ । गौतमले हिजो दिउँसोदेखि आमरण अनसन थाल्नुभएको हो । सडक विस्तारमा ढिलासुस्ती हुँदा लाखौँ नागरिकले सास्ती व्यहोर्नु परेको उहाँको भनाइ छ ।

सडक विस्तार तथा स्तरोन्नतीको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले ठेक्का सम्झौता भएको २० महिना पूरा हुँदा पनि लक्ष्य अनुसारको काम नगरेको गौतमले बताउनुभयो । सडक बन्ने आधार पेस नभएसम्म आफ्नो आमरण अनशन नतोड्ने उहाँको अडान छ ।

अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक विस्तार तथा स्तरोन्नती गर्ने उद्देश्यले डिभिजन सडक कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते सम्झौता भएको थियो ।

धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक विस्तारको काम ठेक्का सम्झौता भएको मितिले २२ महिना अर्थात् २०८० चैत १९ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले काममा ढिलाए गरेको भन्दै सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया