भारतसँगको चौथो टेस्टको पहिलो पारीमा इंग्ल्याण्ड ३ सय ५३ रनमा अलआउट

 फागुन १२, २०८० शनिबार १२:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतसँगको चौथो टेस्टको पहिलो पारीमा इंग्ल्याण्ड ३ सय ५३ रनमा अलआउट भएको छ । राँचीमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड आज दोस्रो दिनको पहिलो सेसनमै ३ सय ५३ रन बनाउदा अलआउट भयो । उसका जोए रुट एक सय २२ रनमा अविजित रहे । टेस्ट क्रिकेटमा रुटको यो ३१ औँ शतक हो ।

त्यस्तै ओल्ली रविन्सनले ५८ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ तथा आकाश दिपले ३ विकेट लिए । त्यस्तै मोहम्मद सिराजले २ र रविचन्द्रन आश्विनले एक विकेट लिए । भारतले आजै आफ्नो पारी शुरु गरेको छ। ५ टेस्टको शृङ्लामा भारत २–१ ले अगाडि छ । ताजा अवस्थामा खाना समयसम्म भारतले एक विकेट गुमाएर ३४ रन बनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया