प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै : सिटी र आर्सनललाई लिभरपुलसँग अङ्कदुरी घटाउने मौका

 फागुन १२, २०८० शनिबार १२:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे चार खेल हुनेछन् । यो समयमा एस्टनभिल्ला र नटिङ्घम फरेस्ट, ब्राइटन र एभर्टन, क्रिस्टल प्यालेस र बर्नली, म्यानचेस्टर युनाइटेड र फुलह्यामबीच खेल हुनेछ ।

यस्तै राति सवा ११ मा बर्नमाउथ र म्यानचेस्टर सिटी तथा राति पौने २ बजे आर्सनल र न्युक्यासलबीच खेल हुनेछ । आजको खेल जितेमा सिटी र आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अङ्कदुरी घटाउनेछन् ।

लिगमा लिभरपुल २६ खेलमा ६० अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै म्यानचेस्टर सिटी २५ खेलमा ५६ अङ्कका साथ दोस्रो र समान २५ खेलमा आर्सनल ५५ अङ्कका साथ तेस्रो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया