ललितपुर महानगरमा भाेलिदेखि २३ गतेसम्म दादुरा–रुबेलाविरुद्धकाे खाेप अभियान

 फागुन १२, २०८० शनिबार १५:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकामा भोलिदेखि २३ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । महानगरका २९ वटै वडामा खोप अभियान सञ्चालन हुने भएकाले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गरी नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइदिन अभिभावकहरूलाई आग्रह गरेको छ ।

महानगरको सूचनाअनुसार भोलि वडा नम्बर २५, २६, २७, २८ र २९ मा रहेका विद्यालय, पर्सि १४ गते वडा नम्बर २२, २३ र २४ मा रहेका विद्यालय, १५ गते वडा नम्बर १८, १९, २० र २१ मा रहेका विद्यालय, १६ गते वडा नम्बर १४, १६ र १७ मा रहेका विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ ।

यस्तै १७ गते वडा नम्बर १५ रहेका विद्यालय, १८ गते वडा नम्बर ८, ९, १०, ११, १२ र १३ मा रहेका विद्यालय, २० गते वडा नम्बर ५, ६ र ७ मा रहेका विद्यालय, २१ गते वडा नम्बर ४ मा रहेका विद्यालय, २२ गते वडा नम्बर १, २ र ३ मा रहेका विद्यालय, २३ गते वडा नम्बर १ देखि २९ वटै वडामा रहेका स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया