विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

 फागुन १३, २०८० आइतबार ७:२९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको अन्तिम खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल कीर्तिपुर मैदानमा बिहान सवा ९ बजेदेखि शुरु हुनेछ । दुई टोली नेपाल र नेदरल्यान्ड्सले यो शृङ्खलामा यसअघि एक/एक खेल जितेका छन् । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । तर तेस्रो खेलमा नामिबियासँग नेपाल २ विकेटले हारेको थियो । त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराएको थियो ।

तर, अस्ति शुक्रवार भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको थियो । नेपाल र नेदरल्यान्ड्सको ३ खेलमा समान २–२ अङ्क छ । नामिबियाले ४ मध्ये तीन खेल जितेको छ । नामिबिया ४ खेलमा ६ अङ्कका साथ लिग–२ को शीर्ष स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया