शेयर बजार उच्च अङ्कले घटेर २ हजार विन्दुमुनि

 फागुन १३, २०८० आइतबार १५:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ८१ अङ्कले घटेर एक हजार नाै सय ७९ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज फाइनान्स र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै समाज लघुवित्त र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे नाै प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार उच्च अङ्कले घटेको दिन आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा चिरख्वा हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

आज ८५ लाख ५४ हजार कित्ता शेयर तीन अर्ब आठ करोड ६९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको २५ करोड १८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सन नेपालले झन्डै २४ प्रतिशत बोनस शेयर, एक दशमलव २५ प्रतिशत नगद लाभांश र २७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेसँगै लगानीकर्ता आकर्षित भएका हुन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया