एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन २८ देखि सञ्चालनमा आउने

 फागुन १४, २०८० सोमबार ६:३२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कठमाण्डौ – रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन २८ देखि सञ्चालनमा आउने भएको छ । यसअघि एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गते आजदेखि सञ्चालनमा आउने भनिएकामा आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो शृङ्खलाको खेलमा प्रशिक्षक र पदाधिकारी व्यस्त भएकाले फागुन २८ गतेदेखि मात्र सञ्चालनमा आउने भएको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल मैदान निर्माण गरेका हुन् । 

(यसअघिकाे समाचारमा आजदेखि सञ्चालनमा आउने भनिएकाेमा सच्याइएकाे छ ।)

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया