अस्पतालको शय्यामा नवजात शिशु छाडेर आमा र आफन्त सम्पर्कविहीन

 फागुन १४, २०८० सोमबार ६:४६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएका छन् । अस्पताल प्रशासनका अनुसार छोरी जन्मेपछि उनलाई अस्पतालको शय्यामै छाडेर आमा र उनका आफन्त सम्पर्कविहीन भएका हुन् । अस्पताल प्रशासनका अनुसार नवजात शिशुलाई एनआईसियू वार्डमा राखिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीया सीतादेवी साह कानुलाई उनकी सासुले प्रसूति गराउन ल्याएकी अस्पतालले जनाएको छ । अस्पतालको रेकर्डमा महिलाको पतिको नाम धीरज साह कानु उल्लेख छ ।

नवजात शिशुलाई शय्यामै छाडेर आमा र आफन्त सम्पर्कविहीन भएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर थियो  । पर्सा प्रहरीका अनुसार छोरी छाडेर फरार भएकी महिलाको यसअघि नै तीनजना छोरी रहेको खुलेको छ । प्रसूति गराउन अस्पताल जाँदा महिलाको परिवारले अस्पतालको रजिस्टरमा नाम र ठेगाना नै गलत टिपाएको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया