गाेरखा सैनिकका जायज माग बेलायती सरकारले सम्बाेधन गर्नुपर्छ : परराष्ट्रमन्त्री

 फागुन २०, २०८० आइतबार १८:१४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले भुतपूर्व गोरखा सैनिकका जायज मागहरू बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजकाे बैठकमा परराष्ट्रमन्त्री साउदले बेलायत सरकार गोरखा सैनिकका मागबारे गम्भीर हुनुपर्ने बताउनुभयो । मन्त्री साउदले नेपाल र बेलायत सरकारबीच फेब्रुअरी २१ मा बसेको प्राविधिक समितिको बैठकमा गोरखा सैनिकका मागहरु सम्बोधन गर्न केही प्रगति भएको भए पनि समान पेन्सन लगायतका मुख्य मागहरू सम्बोधन हुन बाँकी रहेको बताउनुभयो ।

उहाँले समितिको अर्को बैठक २०२४ मार्च २७ मा लन्डनमा हुने र त्यो बेलामा पनि आफूले भुतपूर्व गोरखा सैनिकका मागहरूका बारेमा कुरा उठाउने बताउनुभयो । नेपालले ब्रिटिश गोरखाको मुद्दा प्राथमिकताका साथ उठाउने गरेको साउदले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया