१६ वर्षमुनिको साफ महिला च्याम्पियनशिप : नेपालले भुटानलाई हरायाे

 फागुन २१, २०८० सोमबार १८:११:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १६ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भुटानलाई हराएको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले भुटानलाई ३–० गोलले हरायो ।

नेपालले पहिलो हाफमै ३ गोल गर्‍याे । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी, ग्यान्सु डोल्मा लोले १–१ गोल गरे । यो जितसँगै नेपाल ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको लिग चरणको पहिलो खेलमा नेपाल बङ्लादेशसँग २–० गोलले पराजित भएको थियो । 

प्रतियोगितामा भोलि भारत र बङ्लादेशबीच खेल हुनेछ । लिग चरणका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल आउँदो आइतवार हुनेछ । 

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भइरहेको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया