प्रिमियर लिगमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हरायो

 फागुन २२, २०८० मंगलबार ७:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हराएको छ । गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको आर्सनलले सेफिल्ड युनाइटेडलाई फराकिलो गोल अन्तरले हराएको हो ।

आर्सनलका लागि खेलको ५ औँ मिनेटमै मार्टीन ओडीगार्डले गोल गरेर अग्रता बनाएका थिए । त्यसपछि खेलको १३ औँ मिनेटमा जेडेन बोग्लेले आत्मघाती गोल गरे । त्यस्तै १५ औँ मिनेटमा गाव्रील मार्टीनेलीले, २५ औँ मिनेटमा कइ हार्भजले, ३९ औँ मिनेटमा डेक्लन राइसले एक/एक गोल थपे ।

खेलको ५८ औँ मिनेटमा बेन ह्वाइटले गोल थपे । जितसँगै आर्सनल २७ खेलमा ६१ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।  २७ खेलमा ६३ अङ्क रहेको लिभरपुल शीर्ष र म्यानचेस्टर सिटी ६२ अङ्कसहित दोस्रो स्थानमा छ । समान २७ खेलमा १३ अङ्क रहेको सेफिल्ड पुछारमा छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया