नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

 फागुन २४, २०८० बिहिबार १६:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ । विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैङ्कले सूचना आह्वान गरेको हो ।ऋणपत्रका लागि आउँदो मङ्गलवारसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ ।

राष्ट्र बैङ्कले फागुन ३० गते बुधवार ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ । ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखेर बैङ्क तथा वित्तीय संस्था र राष्ट्र बैङ्कबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग जाने अङ्कमा लगानी गर्न सकिने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया