दोहोरो अङ्कले बढ्यो शेयर बजार

 फागुन २४, २०८० बिहिबार १६:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ३० दशमलव ५५ बिन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, व्यापार र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढ्दा जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज पिपुल्स हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन आज साम्लिङ पावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो । आज ८९ लाख २९ हजार कित्ता शेयर तीन अर्ब १९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको शेयर ५६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया