महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा लाखौँ दर्शनार्थीले गरे दर्शन

 फागुन २६, २०८० शनिबार ६:३५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन । हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।

कोषले हिजो बिहान २ बजेदेखि आज बिहानसम्म २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको थियो । हिजो एकैपटकमा १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको थियो । शिवरात्रिका अवसरमा भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।

यसवर्ष पशुपतिमा तीन हजारभन्दा बढी साधुसन्त आएका विकास कोषको अनुमान छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सीसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ ।

अवाञ्छित गतिविधिको निगरानीका लागि सुरक्षाकर्मी सहितको टोली परिचालन भएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । पशुपति क्षेत्रमा मात्रै चार हजार ९४ जना सुरक्षाकर्मी परिचालन गरेको विकास कोषले जनाएको छ । पशुपतिसहित हिजो देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया