हुस्सुले उडान अवरुद्ध

 कात्तिक २९, २०७५ बिहीबार १०:१५:१२ | रासस
unn.prixa.net

बाँके – बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन ।

हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार साना र ठूला हवाई जहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुननसकेको हो । बाँकेमा आज बिहान ५० मिटर मात्र भिजिविलिटी रहेको पाण्डेले बताउनुभयोे । सानो जहाज उडानका लागि एक हजार ६०० देखि दुई हजारसम्म र ठूला जहाजका लागि दुई हजारभन्दा माथि भिजिविलिटी हुनुपर्ने हुन्छ ।

अहिले नेपालगञ्जको अधिकतम तापक्रम १६ रहेको छ भने न्यूनतम तापक्रम १३.५ रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख पाण्डेले जानकारी दिनुभयो । “मौसममा सुधार आए पनि अहिलेसम्म पुरै आकाश खुलेको छैन । यो क्रम केही दिनसम्म रहने सम्भावना छ”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज विमानस्थल सुरक्षा इन्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहानपख हुने कर्णाली क्षेत्र र काठमाडाैंका उडान हुननसकेको जानकारी दिनुभयो ।

नेपालगञ्ज विमानस्थलबाट बिहान कर्णालीका डोल्पा, हुम्ला मुगु र काठमाडौँका लागि उडान हुने गर्दछ । मौसममा सुधार आउनासाथ उडान गर्ने तयारी भएको विष्टले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया