विपिन जोशीलाई खोजी तथा रिहाइ गरिदिन इजरायलसँग परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

 फागुन ३०, २०८० बुधबार ९:३१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विद्रोही हमासको आक्रमणकाक्रममा अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन इजरायलसँग आग्रह गर्नुभएको छ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरसँग हिजो भएको भेटमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

इजरायलमा गएको असोज २० गते हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने त्यही दिनदेखि कञ्चनपुरका जोशी बेपत्ता हुनुहुन्छ । आक्रमण हुँदा साथमा रहेका नेपाली विद्यार्थीका अनुसार जोशीलाई हमास समूहले सँगै लगेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया