आगलागीबाट क्षति भएको कर्णाली पुलको प्राविधिक टोलीद्वारा प्रारम्भिक अध्ययन

 फागुन ३०, २०८० बुधबार ९:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आगलागीबाट क्षति भएको कर्णाली पुलको प्राविधिक टोलीले अवलोकन तथा प्रारम्भिक परीक्षण शुरु गरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाण्डौको सात सदस्यीय प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थालेको हो ।

पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो । उहाँले क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन भैरहेको जानकारी दिनुभयो ।

प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा थप के गर्ने भन्नेबारे निर्क्याैल हुने पनि उहाँले बताउनुभयो । ना ५ ख ५२९७ नम्बरको ट्रकमा अस्ति सोमवार एक्कासी आगलागी हुँदा कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो ।

सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको हो । पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गर्नुभएको थियो । गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षति पुगेपछि कर्णाली पुलमा अहिले गाडी चलाउन बन्द गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया