विराटनगरमा दुई दिने महानगर रोजगार मेला हुने

 फागुन ३०, २०८० बुधबार १०:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मोरङ – मोरङको विराटनगर महानगरपालिकाले ‘महानगर रोजगार मेला–२०८०’ गर्ने भएको छ । यहि चैत २ र ३ गते स्थानीय विरेन्द्र सभागृह नजिकै इको फन पार्कमा विभिन्न सङ्घ संस्थाको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि रोजगार मेला गर्न लागेको महानगरले जनाएको छ ।

मेलामा ४० वटा कक्ष रहने छन् । प्रारम्भमा १ सय ५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवाले लाभ लिन सक्ने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो ।

पहिलो पटक महानगरले गर्न लागेको रोजगार मेलाबाट विभिन्न सङ्घ संस्था, बैङ्क, प्रतिष्ठान तथा रोजगारदातालाई कस्तो किसिमको जनशक्ति आवश्यक पर्ने हो त्यसको खोजी गर्न सहज हुने र दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवा प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर जुट्ने मेयर कोइरालाले बताउनुभयो ।

मेलाबाट उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिम तथा रोजगारको अवसरको बारेमा जानकारीप्राप्त गर्नसक्ने, विद्यार्थी तथा युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र नमुना रोजगार सेवा केन्द्रको सेवाको बारेमा जानकारी प्राप्त भइ सेवा लिनेको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया