मानव विकास सूचकांकमा तीन स्थान माथि उक्लियो नेपाल

 चैत २, २०८० शुक्रबार ९:२३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ । सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ औँ  स्थानमा आइपुगेको हो । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ औँ स्थानमा थियो ।

यूएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३/०२४ ले नेपालले शून्य दशमलव शून्य एकले प्रगति गरेको जनाएको छ । प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो ।

१ सय ९३ वटा देश र भूभागहरूमध्ये १ सय ४६ औँ स्थानमा रहेको नेपाल मध्यम मानव विकास श्रेणीमा परेको यूएनडिपीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता तथा आर्थिक वृद्धिमा सुधारको लागि जोड दिएको छ ।

प्रतिवेदन अनुसार मानव विकासको सूचकांकको पहिलो स्थानमा स्वीजरल्याण्ड रहेको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया