सीआईबी प्रमुख किरण बज्राचार्यकाे सरुवा, श्याम ज्ञवालीलाई जिम्मेवारी

 चैत २, २०८० शुक्रबार १८:४३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई सरुवा गरेको छ । बज्राचायको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउने निर्णय गरेको मन्त्रिपरिषद्काे बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले बज्राचायलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा पठाएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा लापर्बाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कारबाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सीआईबीको नेतृत्व हेरफेर गरेको हो ।

बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दिएको प्रतिवेदन गम्भीररूपमा अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको शर्माले बताउनुभयो ।

अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले सीआईबीका बज्राचार्यसहित चार जना अधिकृतलाई विभागीय कारबाही सिफारिस गरेकाे छ भने सुन तस्करीसँग जोडिएका माओवादी नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरासहित अन्य सात जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया