बागलुङको निसीखोलामा बस  दुर्घटना : ९ जनाको ज्यान गयो, २६ जना घाइते

 चैत ६, २०८० मंगलबार ६:३२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ -  बागलुङको निसीखोलामा बस  दुर्घटनामा ९ जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये २१ जनाको धौलागिरी अस्पताल बागलुङमा र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

पूर्वी रुकुमदेखि काठमाण्डौका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस हिजो बेलुका बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा रहेको  मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । जिल्ला  प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीका अनुसार ज्यान जानेहरुमा  चारजना  पुरुष र पाँचजना महिला रहेका छन् ।

प्रहरीका अनुसार मृतक कसैको पनि सनाखत हुन सकेको छैन । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया