महाराजगञ्ज नर्सिङ कलेजमा स्ववियुकाे तालाबन्दी

 चैत ६, २०८० मंगलबार ९:५०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – काठमाण्डौको महाराजगञ्ज नर्सिङ कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले आफूहरूले उठाएका मागहरू सुनुवाइ नगरेको भन्दै स्ववियुले तालाबन्दी गरेको हो । बिगत १५ दिनदेखि बीएमएस अध्ययनरत विद्यार्थीहरूले एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिस्कार गर्दै आएका थिए ।

लामो समयदेखि क्याम्पसमा  डीनसँग वार्तामा बसे पनि  सम्बन्धित निकायले बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ । सम्बन्धित निकायले बेवास्ता गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको स्ववियु उप–सभापति आकृति ढकालले बताउनुभयो । डीन कार्यालय, चिकित्सा शिक्षा अध्ययन संस्थान र क्याम्पस गरी तीनवटै निकायबाट विद्यार्थीका समस्या समाधान नगरुन्जेल ताला नखुल्ने उहाँको भनाइ छ ।

संस्थानले प्रवेश परीक्षा लिँदा एउटा फ्याकल्टी भनेर लिने, क्याम्पसमा आए पश्चात् परीक्षा लिँदा प्रश्नपत्र अर्कैै फ्याकल्टीको नाममा लिने गरेको स्ववियुको आरोप छ । संस्थानले स्वीकृतिपत्र पठाउँदा भित्र बीएम इनरोलमेन्ट गराउन भनेर पठाउने गरेको उप–सभापति ढकालले बताउनुभयो । क्याम्पसमा आएको १० महिना बितिसक्दा पनि हातमा पाठ्यक्रम समेत नपरेको उहाँको भनाई छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया