पछिल्लो ५ वर्षमा गाडी दुर्घटनामा परेर १२ हजार ६ सय जनाभन्दा धेरैको ज्यान गयो

 चैत ६, २०८० मंगलबार १५:८:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा पछिल्लो पाँच वर्षमा गाडी दुर्घटनामा परेर १२ हजार छ सय १२ जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्र ३५ हजार सात सय ५४ वटा गाडी दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको पछिल्लो तथ्याङ्कअनुसार १० वर्षे सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्याभन्दा यो अवधिमा दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी छ ।

सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजार पाँच सय जनाभन्दा धेरैकाे ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्न सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञको आरोप छ ।

सडक सुरक्षामा सरकार, चालक र अरू सम्बन्धित निकाय संवेदनशील नहुँदा हरेक वर्ष दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ । नेपालमा गाडीको सङ्ख्याअनुसार दुई पाङ्ग्रे गाडी दुर्घटनाको सङ्ख्या धेरै रहेको छ तर मानवीय क्षति धेरै गराउने गाडीमा भने यात्रुवाहक गाडीको सङ्ख्या बढी छ ।

प्रहरीको अध्ययनले चालक, गाडी, सडक पूर्वाधार, यात्रु र मौसमका कारणले सडक दुर्घटना भएको औँल्याएको छ । यसमा पनि चालक र गाडीको खराब अवस्थाका कारण भएको दुर्घटना धेरै भएको देखिन्छ । ट्राफिक प्रहरीले नियम मिच्ने चालकलाई कारबाही पनि गरेको छ तर पनि गाडी दुर्घटना बढ्दै गएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया