गृह मन्त्रालयले सच्यायो मिडियाको निगरानी र कारबाही गराउने निर्देशन

 चैत ९, २०८० शुक्रबार ६:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई आमसञ्चारमाध्यम (मिडिया) का विषय निगरानी र कारबाही गर्न दिएको निर्देशन सच्चाएको छ ।

न्युज पोर्टल तथा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जाल र छापा माध्यमबाट अनर्गल र आधारहीन सन्देशहरू प्रचारप्रसार भए प्रचलित कानुनबमोजिम कारबाही गरी विवरण सार्वजनिक गर्न दिएको निर्देशन गृहले सच्याएको हो ।

हिजो मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र गर्दै अनलाइन तथा छापा सञ्चारमाध्यमको अनुगमन र कारबाही गर्न निर्देशन दिएको थियो । यसको चौतर्फी आलोचना भएपछि मन्त्रालयले हिजो बेलुकी अर्को विज्ञप्ति निकालेर सञ्चारमाध्यमको निगरानी र कारबाही गर्ने विषय परिपत्रमा समावेश नभएको जनाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका बुँदाहरू हटाई अरू विषयहरू मात्र समावेश गरी परिपत्र गरिएको उल्लेख छ । विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सधैँ सचेत रहेको र यसको पूर्ण पालनाप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया