चट्याङ लागेर २ विद्यार्थीको ज्यान गयो, कार्यालय सहयोगीसहित ९ घाइते

 जेठ २७, २०७५ आइतबार १८:४०:४५ | उज्यालो सहकर्मी

सुर्खेत - सुर्खेतमा चट्याङ लागेर आइतबार दुई जना विद्यार्थीको ज्यान गएको छ ।

चिङगाड गाउँपालिका ४ मा रहेको मालिका प्रावि धनापानी, मटेलामा अध्ययनरत २ जना बालबालिकाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कक्षा २ मा अध्ययनरत  ७ बर्षीया  निर्मला चन्द र अमरबहादुर चन्दको ज्यान गएको हो ।

कक्षा कोठामा पढिरहेको समयमा बिहान करिब साढे ११ बजे चट्याङ परेर उनीहरुको ज्यान गएको गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर ओलीले जानकारी दिनुभयो ।  

यसैगरी चट्याङकै कारण ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा त्यसै विद्यालयमा कक्षा ३ मा पढ्ने नौ वर्षकी लक्ष्मी चन्द, १० वर्षीय ताराकुमारी चन्द, कक्षा १ मा पढ्ने पाँच वर्षकी दुरपता  चन्द, ७ बर्षिय शुरेश चन्द, कक्षा २ मा अध्ययनरत ७ बर्षिय निर्मला चन्द छन् ।

अन्य घाइतेहरुमा कक्षा १ मा अध्ययनरत मिना शाही, पाँच वर्षीया डिलसरा शाही, बिमला चन्द, र कार्यालय सहयोगी ३६ वर्षीय हरिबहादुर चन्द घाइते भएका छन् । 
उनीहरुको इलाका स्वास्थ्य चौकी मटेलामा उपचार भइरहेको छ ।

मृतक दुई जना विद्यार्थीहरुको शब पोष्टमाटमका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल वीरेन्द्रनर ल्याइएको छ । 

कक्षा ३ सम्म्म मात्र पढाई हुने उक्त विद्यालयमा १ जना शिक्षक र एक जना कार्यालय सहयोगी थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया