बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा कायम

 चैत ९, २०८० शुक्रबार १७:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरका नाममा गएको १० रोपनी जग्गा सरकाकै नाममा कायम गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले तत्कालीन अबस्थामा च्याम्पियन फुटवेयरका नाममा गएर अहिले चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविलाल नेपालीले मन्त्रिपरिषद्को निर्णय वा सरकारको स्वीकृतिबिना जग्गा फुटवेयरको नाममा गएको ठहर भएकोले जग्गा सरकारीकरण गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सीआइबीको सहयोगमा आफुहरुले थप अनुसन्धान गरेर आज अन्तिम टुङ्गो लगाएको उहाँले बताउनुभयो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख नेपालीकाअनुसार २०२१ सालको फिल्डबुकले त्यो जग्गा बाँसबारी छाला जुत्ता उद्योगको रहेको देखिन्छ । यस्तै २०३७ सालमा बाँसबारी छालाजुत्ता उद्योगको नाममा दर्ता स्रेस्ता कायम भएको थियो ।

२०४४ भदौ ५ गते छ रोपनी र २०४४ साल मंसिर १८ गते चार रोपनी गरी १० रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएकोसमेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया