'राइट टु प्रोटिन' हाफ म्याराथनको उपाधि दीपक र सन्तोषीलाई (तस्बिरसहित)

 चैत १०, २०८० शनिबार १३:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले तेस्रो संस्करणको 'राइट टु प्रोटिन' हाफ म्याराथनको उपाधि जितेका छन् । दशरथ रंगशालाबाट शुरु भएको हाफ म्याराथन भक्तपुरको राधेराधेबाट फर्किएको थियो ।

पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी एक घण्टा सात मिनेट ३३ सेकेन्डमा पूरा गरे । उनले लगातार दोस्रो पटक उपाधि जितेका हुन् । यस्तै एपीएफका गोपिचन्द्र पार्की दोश्रो र  आर्मीका नरेन्द्र रावल तेश्रो भए । महिलातर्फ सन्तोषीले एक घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम बनिन् ।

तेस्रो संस्करणमा सन्तोषी दोस्रो पटक उपािध जितेकी हुन् । यस्तै नेपाल पुलिस क्लबकी राममाया बुढा दोश्रो र एपीएफकी पुष्पा भण्डारीले तेस्रो स्थान प्राप्त गरिन् ।

हाफ म्याराथन महिला र पुरुषतर्फ दुवै विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० र पाँचौंले ३० हजार प्राप्त गरे । 

यसैगरी १० किलोमिटर पुरुषतर्फ आर्मीका मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो, सुवाष कार्की चौथो र श्रीकाश राई पाँचौं बने । पाँच किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्डेय प्रथम, पुलिसकी राजपुरा पछाई दोस्रो, निर्मला केसी तेस्रो, आशा रावत चौथो र सुमित्रा कुमारी चौधरी पाँचौं बनिन् ।

विद्यालयतर्फ पाँच किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशिष कुमार क्षेत्री पाँचौं स्थान हात पारे ।

ह्विलचियर तीन किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो, दीपक आले मगर चौथो र विष्णु पुकार श्रेष्ठ पाँचौं स्थानमा रहे । ह्विलचियरत महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम, यामी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो, पेमा गुरुङ चौथो र वविता थापा पाँचौं स्थानमा रहिन् ।

 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया