बीआरआई अघि बढाउने विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्किएका युवामध्ये धेरैले सीप परीक्षण गराउन चासो नदिएको पाइएको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप परीक्षण र प्रमाणिकरण गरी प्रमाणपत्र दिन निवेदन माग गरेकोमा निकै कम मात्र यस प्रक्रियामा सहभागी भएका छन् ।
पहिलो पटक गएको मंसिर ११ गतेदेखि मंसिर मसान्तसम्मको म्याद दिएकोमा फारम भर्नेको सङ्ख्या कम भएपछि पुस मसान्तसम्मको म्याद थपिएको थियो । तर यो अवधिमा पनि सरकारले लक्ष्य लिएको भन्दा आधा कम युवाले फारम भरेका छन् ।
सरकारले विदेशबाट फर्किएका एक हजार जनाको सीप परीक्षण र प्रमाणिकरण गरी प्रमाणपत्र दिने भने पनि ४ सय २१ जनाले मात्रै फारम भरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले जनाएको छ ।
‘दुई वटा प्रदेशबाट आधिकारिक तथ्याङ्क आएको छैन, तर अनौपचारिक जानकारी अनुसार ४ सय २१ जनाले फारम भरेको देखियो’ प्रवद्र्धन बोर्डको सचिवालय अन्तर्गत प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका निर्देशक ऋषिराम भुसाले उज्यालो अनलाइनसँग भन्नुभयो ।
वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो ।
वैदेशिक रोजगारीबाट फर्किँदा कामको प्रमाणपत्र नहुने र केही काम नपाएको भन्दै फेरि पनि विदेश नै जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै सरकारले पहिलो पटक सीप परीक्षण गरेर प्रमाणपत्र दिन लागेको हो ।
अहिलेसम्म वर्षौं विदेशमा बसेर काम गरेर फर्किंदा पनि नेपाली कामदारले त्यो कामको अनुभवको प्रमाणपत्र पाएका छैनन् । जसले गर्दा नेपाल फर्किएपछि कुनै काम पाउन सजिलो छैन । न त अनुभवका आधारमा स्वरोजगार बन्न नै सहज छ । यसको अन्त्य गर्न सरकारले पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो ।
सीप परीक्षणको आवदेन दिन सरकारले सात प्रदेशका १९ वटा जिल्लामा १९ वटै केन्द्र तोकेको थियो । सीप परीक्षण र प्रमाणिकरण गरेर गरेपछि त्यसमा उत्तीर्ण भएका कामदारले लोकसेवाको परीक्षा पास गरेकै सरहको मान्यता पाउने बोर्डको भनाई छ ।
काम गर्न जानेका तर औपचारिक शिक्षा नलिएका व्यक्तिहरुले लेभल एकको तालिम लिएपछि मुखिया, लेभल दुईले खरिदार र लेभल तीनले सुब्बा सरहको मान्यता पाउनेछन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाका अनुसार यो सरकारबाट मान्यता दिइएको प्रमाणपत्र भएकाले कामदार त्यो तहको कामका लागि प्रतिस्पर्धा गर्न योग्य हुनेछन् ।
सीप परीक्षणका फाइदा त्यति मात्रै छैनन् । सीप परीक्षण गर्ने कामदारले आफूले सिकेका सीप प्रयोग गरी स्वरोजगार पनि बन्न सक्नेछन् । स्वरोजगार बन्न ऋण लिनु परेमा पनि यो प्रमाणपत्रले सघाउने देवकोटाको भनाई छ ।
सीप परीक्षणमा सहभागी भएर उत्तीर्ण हुने कामदारलाई जागिर खोज्न पनि सरकारले सघाउने छ । विभिन्न उद्योग तथा प्रतिष्ठानहरुसँग समन्वय गरी उनीहरुलाई चाहिएका जनशक्ति र कामदारका बीचमा समन्वय पनि गरिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय अन्तर्गत प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका प्रमुख ऋषिराम भुसालले बताउनुभयो ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि यो वर्ष २० वटा कामको सीप परीक्षण र प्रमाणिकरण गरी प्रमाणपत्र दिने भएको छ ।
पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको सरकारले यो वर्षका लागि विल्डिङ पेन्टर, स्कापफोल्डर, बिल्डिङ इलेक्ट्रिसियन, असिष्टेण्ट वेटर, हाउसकिपिङ क्लिनर, रेफ्रिजेनेटर एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, टेलरिङ र फर्निचर मेकरको सीप परीक्षण गर्ने बताएको छ ।
यस्तै सटरिङ कापेन्ट्री, इन्डस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन ९डकर्मी०, असिष्टेन्ट ब्यूटिसियन, कमी तेस्रो, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण र प्रमाणिकरण गरिने बोर्डले जनाएको छ ।
यी काममध्ये एक व्यक्तिले एउटा कामको मात्रै सीप परीक्षण गर्न पाउनेछन् । यी सबै कामको परीक्षण प्रयोगात्मक (प्य्राक्टिकल) हुने सीप परीक्षण केन्द्रका सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाले बताउनुभयो ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।