इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वार...
मंसिर १२, २०८१ बुधबार
म मदरसामा पढाउँछु । मेरो भाइ अयुव मिया भने घर बनाउने काम गथ्र्यो । गारो लगाउनेदेखि प्लास्टर गर्नेसम्मको काम गर्न जानेको छ । उसलाई इनरुवा ७ का एजेन्ट पर्वेज अलामले कुवेतबाट भिसा ल्याइदिन्छु भने ।
मेरो भाइले कुवेत जानका लागि एक पटक तीन लाख ५० हजार र एकपटक चार लाख रुपैयाँ उसलाई बुझायो । अहिले दुई महिना भयो कुवेत पुगेको । आजाद भिसामा गएकाले त्यहाँ काम मिलाउँदै छ भनेको छ । काम गर्न थालेको छैन । विदेश जान कति पैसा लाग्छ भन्ने पनि थाहा थिएन । विदेश जाने भनेपछि उसले मागे अनुसारकै पैसा दिएको हो ।
जमिन कृषि विकास बैंकमा राखेर पाँच लाख रुपैयाँ निकालेको छ । अरु पैसा सय कडा तीनको ऋण हो । बैंकको त ब्याज ठिकै हुन्छ होला । तर यहाँ साहुको ऋणको ब्याज थुप्रो भइसक्यो ।
भाइले कहिले कमाएर तिर्छ भन्ने के थाहा र ! अब जमिन बेचेर तिर्ने योजना छ । कमाउन गएको छ, कमाएर आउला । तर उसले कमाउञ्जेल त यहाँ धेरै ब्याज हुने भयो ।
पहिले त हामीलाई विदेश जान कति पैसा लाग्छ भन्ने पनि थाहा भएन । दलालले आजाद भिसामा जानका लागि अरु भिसामा भन्दा धेरै पैसा लाग्छ भन्यो । त्यही भएर त्यति धेरै रकम दिएको ।
अहिले आएर बुझ्दा त्यति धेरै रकम नचाहिने रहेछ । हामी त ठगीमा परेछौं भन्ने थाहा भएको छ । अब पैसा दिइसकियो । अर्को विकल्प पनि केही छैन । भाइले राम्रो काम पाएर कमायो भने ठिकै छ । तर कमाइ भएन र काम पाएन भने न्याय खोज्न जान्छु ।
दलाललाई कारबाहीको माग गर्छु । पहिलो जानेको भए त यतिका पैसा फसाउन नपर्ने रहेछ नि । जानकारीको अभावमा दलालले ठगेको कुरा बल्ल थाहा भएको छ ।