युरोपेली च्याम्पियन्स लिग फुटबल : म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेले

 मंसिर १२, २०८१ बुधबार ८:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी र फेएनोर्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा सिटी र फेएनोर्डले ३–३ गोलको बराबरी खेलेका हुन् ।

गएराति भएका अरु खेलमा बार्सिलोनाले ब्रिस्टलाई ३–० ले हराएको छ । त्यस्तै  बार्यन म्युनिखसँग  पेरिस सेन्ट जर्मेइन (पीएसजी) १–० ले पराजित भएको छ । इन्टर मिलानले  आरबी लाइपजिगलाई १ –० ले हराउँदा योङ्ग ब्वाइज  एटालान्टासँग ६–१ ले पराजित भएको छ ।

त्यस्तै लेभेरकुसेनले आरबी साल्जबर्गलाई ५–० ले तथा आर्सनलले स्पोर्टिङलाई ५–१ ले हराएका छन् । यस्तै हिजो भएको पहिलो खेलमा एसी मिलानले स्लोभान ब्राटिस्लाभालाई ३–२ ले र एथ्लेटिको मड्रिडले स्पार्टा प्राहालाई ६–० ले पराजित गरेका थिए ।

च्याम्पियन्स लिगमा इन्टर मिलान १३ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै बार्सिलोना  दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया