अष्ट्रेलियाका खेलाडीलाई धकेलेपछि विराट कोहलीलाई जरिमाना
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – सोमबार कुवेती दिनारको भाउ केही बढेको छ भने बहराइन दिनारको भाउ केही पैसाले घटेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र कोरियन वनको भाउ भने आइतबारकै भाउमा किनबेच गर्न सकिन्छ ।
आज सोमबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ५५ पैसा तोकेको छ ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५८ पैसा र बिक्रीदर २९ रुपैयाँ ७४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा तोकिएको छ ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४९ पैसा र बिक्रीदर २६ रुपैयाँ ६३ पैसा छ ।
यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ ।
कुवेती दिनारको भाउ भने केही बढेको छ । कुवेती दिनारको १ को खरिददर ३६५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ १२ पैसा तोकिएको छ । हिजो खरिददर ३६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ६९ पैसा थियो ।
बहराइन दिनारको भाउ केही पैसाले घटेको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ २५ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ २९ पैसा र बिक्रीदर २९५ रुपैयाँ ८८ पैसा थियो ।