फाल्गुनन्द गोल्डकप : अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र सलहेश यु...
पुस ११, २०८१ बिहिबार
भक्तपुर – प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भक्तपुरमा झण्डै ७ सय ५० युवाले रोजगारी पाएका छन् । बेरोजगारको सूचीमा सूचीकृत झण्डै १५ सय युवामध्ये ७५० जनाले रोजगारी पाएका हुन् ।
भक्तपुरमा शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवालाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको बताउनुभयो ।
यो आर्थिक वर्षमा आंशिक रुपमा रोजगार कार्यक्रम सञ्चालन भए पनि आउँदो वर्षदेखि देशभर कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरी कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री विष्टले बताउनुभयो ।
शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको उहाँको भनाइ छ । कामप्रति सम्मान जगाउने भावनाको विकास गर्न रोजगार कार्यक्रम फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आफ्नै ठाउँमा काम पाएपछि दंग, प्रधानमन्त्री भन्नुहुन्छ : अब कोही पनि विदेश जानु पर्दैन