यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीस...
पुस ११, २०८१ बिहिबार
काठमाण्डौ – आर्थिक वर्ष २०७५/७६ मा विदेशमा मृत्यु भएकाको शव घरसम्म पुर्याउनका लागि मात्रै एक करोड ५६ लाख ६० हजार ५ रुपैयाँ खर्च भएको छ ।
विदेशमा मृत्यु हुनेका शव विमानस्थलदेखि मृतकको घरसम्म सरकारले निशुल्क पुर्याउने व्यवस्था गरेको छ । विदेशमा मृत्युभएका ७८३ जनाको शव विमानस्थलबाट मृतकको घरसम्म पुर्याउन गएको आर्थिक वर्षमा मात्रै यो रकम खर्च भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
गएको वर्ष सबैभन्दा बढी मलेसियामा ५ महिला सहित २२९ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । बोर्डका अनुसार साउदी अरबमा एक महिलासहित १९४ र यूएईमा १० महिलासहित ८५ जनाले ज्यान गुमाएका छन् ।
कुवेतमा २९ जना र कोरियामा २० जनाले रोजगारीको क्रममा ज्यान गुमाएको बोर्डको तथ्याँक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा ८ सय २१ जना नेपाली कामदारले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए ।
करार अवधिभित्रै ज्यान गुमाउने मृतकका आफन्तलाई क्षतिर्पर्ति स्वरुप सरकारले ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । २३ महिला र ७३० जना पुरुष गरी ७५३ जनाका परिवारले बोर्डबाट क्षतिपुर्ती बापतको रकम लिएका छन् ।
जसमध्ये ७१५ जनाका परिवारले ७ लाख रुपैयाँका दरले क्षतिपूर्ति रकम पाएका छन् भने ३८ जनाका परिवारले १० हजार रुपैयाँ पाएका छन् ।
समयमै क्षतिपूर्ति रकम दावी गर्न नआएको, करार अवधिसकिए पछि मृत्यु हुने लगायत कामदारका परिवार जो क्षतिपूर्ति रकमका लागि योग्न नभए पनि सहयोग स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था भएकाले यो रकम दिइएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताउनुभयो ।
यस्तै, विदेशमा करार अवधिभित्रै अंगभंग वा विरामी भएर फर्किएका ३३५ जनालाई बोर्डले आर्थिक सहायत उपलब्ध गराएको छ । अंगभंग भएकालाई आर्थिक सहायत स्वरुप ९ करोड १४ लाख १३ हजार ६९९ रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।
विदेशमा रहेका २९ परिवारलाई औषधोपचार स्वरुप १२ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । विदेश अलपत्र कामदारलाई नेपाल झिकाउनका लागि टिकट बापतको खर्च स्वरुप नेपाली नियोगहरुलाई ६५ लाख ६५ हजार ५५४ रुपैयाँ खर्च भएको छ ।
यस्तै अलपत्र कामदारको शव नेपाल ल्याउनका लागि बोर्डले नेपाली नियोगलाई गएको वर्ष मात्रै ७८ लाख ५८ हजार ८०६ रुपैयाँ पठाएको छ ।
अभिमुखी करण तालिमका लागि १० लाख ३६ हजार र विदेशमा ज्यान गुमाउनेकाका बालबच्चालाई छात्रवृत्तिका लागि १ करोड ४८ लाख ६५ हजार २४ रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । सबै गरेर गएको वर्ष ६२ करोड ३६ लाख ५४ हजार ८८ रुपैयाँ खर्च भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।