धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - सोमबार बिहान यूएईको दुबईमा यूनिभर्सल अमेरिकन स्कुलका सुरक्षा गार्डलाई हुइँकिएर आएको कारले ठक्कर दियो । दुर्घटनामा परेर गार्डको ज्यान गयो । ती सेक्युरिटी गार्ड थिए, बुटवलका लिलबहादुर परियार ।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेका लिलबहादुर वैदेशिक रोजगारीमा यूएई पुगे । सन् २०१३ बाट यूनिभर्सल अमेरिकन स्कुलमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका उनी स्कुलभरि सबैका प्रिय थिए ।
‘मैले लिलबहादुरलाई २०१३ देखि नै सुरक्षा गार्डको काममा राखेको थिएँ, उनी हाम्रो परिवारको हिस्साझैँ थिए’, विद्यालयका म्यानेजर एकेले गल्फ न्यूजसँग भनेका छन्, ‘ उनी सहयोगी र मित्रवत् थिए, विद्यार्थीहरुले उनलाई निक्कै माया गर्थे, हरेक शनिबार अभिभावक र विद्यार्थीसँग भलिबल खेल्थे ।’
उनले विद्यार्थीहरुको निक्कै ख्याल राख्ने र सबैसँग मिजासिलो भएर बोल्ने गरेको बताउँछन् म्यानेजर एके ।
यस्तै लिलबहादुर अभिभावकमाझ पनि प्रिय थिए । आरएच नाम गरेका एक अभिभावकले भनेका छन्, ‘लिल पुरै स्कुलभरि सबैभन्दा बढी मुस्कुराइरहने र खुसी देखिने सेक्युरिटी गार्ड थिए । उनी अभिभावकहरुलाई पाहुनाझैँ सत्कार गर्थे ।’
लिलबहादुरको मृत्युले स्कुले केटाकेटीहरु पनि विक्षिप्त भएका छन् । उनलाई श्रद्धाञ्जली दिनको लागि विद्यार्थीले सेतोपाटीमा भावुक लेख लेखेर गेटमा राखेका छन् । त्यो बोर्डमाथि फूलका गुच्छा चढाएका छन् । बोर्डको मुनि मैनबत्ती बालेका छन् ।
बोर्डमा लेखिएको छ, ‘प्रत्येक बिहान जब हामी स्कुल आउँथ्यौँ, तपाईंँ मुस्कुराएर हामीलाई अभिवादन गर्नुहुन्थ्यो । प्रत्येक साँझ जब हामी विद्यालयबाट निस्किन्थ्यौँ, तपाईँ हात हल्लाएर हामीलाई बिदाई गर्नुहुन्थ्यो । हामीले नदेखे पनि तपाईंँले हामीलाई सुरक्षा गरिरहनुहुन्थ्यो । तपाईंँको स्वर्गमा बास होस् । तपाईंँलाई धेरैले याद गर्नेछन् । तपाईंँले हामीलाई गरेको कामको लागि धेरै धेरै धन्यवाद ।’
जेएच नाम गरेका एजना पूर्व विद्यार्थी लिलबहादुरलाई असल मान्छे भएको बताउँछन् । उनी भन्छन्, ‘लिलबहादुरको मृत्युकाे खबरले हामीहरु दुःखी छौँ, हामीहरु पैसा उठाएर उनको परिवारलाई सहयोग गर्नेछौँ ।’
यस्तै विद्यालय परिवारले पनि लिलबहादुरको परिवारलाई सहयोग गर्न चाहनेहरुको लागि भनेर अभिभावक र विद्यार्थीहरुलाई पत्र पठाएको छ ।
पत्रमा लखिएको छ, ‘हामी सबैले हाम्रो प्रिय सेक्युरिटी गार्डलाई गुमाएको पीडा भोगिरहेका छौँ । हामीलाई धेरैले लिलबहादुरको परिवारलाई कसरी सहयोग गर्ने भनेर सोधेका छन् । हामी उनको परिवारलाई सहयोग गर्नको लागि व्यवस्था गर्दै छौँ ।’
Suman shrestha
Oct. 25, 2019, 2:28 a.m.Need to supoort his family. I m greatful about good reaction from student and university. We all securtiy guard must be honest on our duty.then we will get good news for our futures
Shree Ram Deuja
Oct. 17, 2019, 2:49 p.m.May his departed soul rest in peacefully in heaven
Rai kanxa
Oct. 16, 2019, 4:18 p.m.सबैको प्यारो , भगवान्को पनि प्यारो। स्वार्गमा बाँस होस्😭😭😭😭