वैदेशिक व्यापारमा सामान्य सुधार : चार महिनामा ५ खर्ब १३ अर्ब ...
मंसिर ८, २०८१ शनिबार
पैसा हामी सबैको दैनिकसँग, जीवनसँग जोडिएको कुरा हो । यसको आफ्नो भाषा हुन्छ । यसको भाषा र व्यवहार बुझिएन भने सही सदुपयोग गर्न सकिंदैन । त्यसैले पैसाको भाषा बुझियो भने आम्दानी गर्ने बाटो, खर्च गर्ने तरिका र बचत पनि गर्न सकिन्छ । पैसाको महत्व बुझियो भने पैसाले नै हामीलाई अप्ठ्यारो परेको समयमा बचाउँछ ।
सबैभन्दा पहिला त आम्दानीको बाटो पहिल्याउनुपर्छ । त्यसको लागि आफ्नो आम्दानीको स्रोत पहिचान गर्नुपर्छ । अथवा आफूले के गर्न सक्छु, के गर्दा उपयुक्त हुन्छ, कुन काम आफ्नो लागि बढी फाइदाजनक छ भनेर पहिचान बुझ्नुपर्छ ।
त्यसपछि बजारमा कस्ता किसिमका आम्दानीका स्रोतहरु छन्, त्यसको खोजी गर्नु पर्छ । जहिले पनि काम थाल्दा म एकै पटक यो गर्छु भनेर हतार गर्नु हुँदैन । आफूसँग भएको पूँजीको पनि ख्याल गर्नु पर्छ ।
काम थाल्दा विभिन्न जोखिम हुन्छन् । जोखिमलाई कम गर्न हामीले वैधानिक बाटोबाट जानुपर्छ । जोखिम घटाउने विभिन्न उपायहरु हुन्छन् । जस्तै कुनै व्यवसाय गर्ने हो भने त्यसको बीमा गर्न सकिन्छ ।
बाख्रा, कुखुरा पालन गर्यौँ भने तिनीहरुको बीमा गर्दा पनि जोखिम कम हुन्छ । काम थाल्दा नै आउन सक्ने जोखिमहरुको पूर्वानुमान गरेर त्यसको जोखिम न्यूनीकरण गर्ने तरिकाहरु अपनाउन सकिन्छ ।
आम्दानीको बाटो व्यक्ति कुन पृष्ठभूमीमा छ भन्ने कुरामा भर पर्छ । सबैको एउटै पृष्ठभूमी नहुन सक्छ । परिवारको योग्यता क्षमता, स्रोत के छ भन्ने कुरालाई बुझ्नुपर्यो।
जस्तै बाख्रा पालिरहेको छ भने बाख्राको संख्यालाई बढाउन सकिन्छ । यस्तै कुखुरा पालिरहेको छ भने त्यसलाई व्यवसायिक प्रयोजनको लागि उत्पादन बढाउन सकिन्छ ।
यदि त्यस्तो छैन भने व्यवसायिक तालिम लगेर लगानीको उपायहरु निकाल्न सकिन्छ । यस्तै हाम्रै गाउँठाउँमा विभिन्न घरेलु उत्पादन पनि छन् । त्यस्ता घरेलु उतपादनको पहिचान गरेर त्यहाँबाट पनि आम्दानी गर्न सकिन्छ ।
पैसा जोगाउने विभिन्न उपायहरु छन् । अहिले धेरैको घरमा आम्दानीको स्रोत विदेशबाट आएको पैसा हुन सक्छ । त्यसको सदुपयोग गर्नुपर्छ भन्ने सोच पनि विकास हुँदै गइरहेको छ ।
यसको लागि सबैभन्दा पहिले त वित्तीय स्रोतलाई वर्गिकरण गरेर हेर्नुपर्छ । त्यो स्रोतलाई आवश्यकता अनुसार खर्च गर्नुपर्छ । आवश्यक कुरा भन्नाले गास, बास र कपास भए, जो नभई नहुने हुन्छन् ।
चाहनाअनुसार भन्नाले मनोरञ्जनका सामानहरु र विभिन्न फजुल खर्चहरु हुन्छन् । त्यसैले आफ्नो आवश्यकतालाई पहिलो प्राथमिकता दिनु पर्छ । यदि चहानालाई ध्यान दिइयो भने भएको आम्दानीले पनि नपुग्न सक्छ ।
रेमिट्यान्सबाट आएको रकम होस् या अरु स्रोतबाट आएको होस्, त्यो पैसा कमाउन कति दुःख भएको छ भन्ने कुरा बुझ्न जरुरी छ ।
विदेशबाट पैसा आएको छ भने त्यो पैसा परदेशीएकाको रगत पसिनासँग जोडिएको छ । घरपरिवारसँग बिछोडको मूल्य बोकेको छ । त्यही भएर केही खर्च गर्नुभन्दा पहिले यो कुरा सम्झिनुपर्छ ।
सामानहरु किन्दा आवश्यकतालाई ध्यान दिइरहेको छु या चाहना पूरा गरिरहेको छु भन्ने कुरा बुझ्नुपर्छ । यसको मतलब चाहनाहरु मार्नुुपर्छ भनेको होइन । तर स्रोत सीमित छ भने आवश्यकतालाई प्राथमिकता दिनुपर्छ ।
बचत बढाउन र खर्च घटाउन आफूले दिनहुँ गर्ने खर्चको अभिलेख राख्न सकिन्छ । दिनहुँ गर्ने खर्चको अभिलेख राख्दा कहाँ खर्च भइरहेको छ र कुन चाहिँ खर्च घटाउन सकिन्छ भनेर छुट्याउन सकिन्छ । खर्च र आम्दानीको लेखाजोखा गर्न पाइन्छ । अनावश्यक भइरहेको खर्चका ठाउँ थाहा पाइन्छ र त्यसलाई घटाउन सकिन्छ ।
पैसा बचत गर्दैमा त्यसले पैसा कमाउँदैन । पैसाको सही ठाउँमा लगानी गर्न सक्नुपर्छ । त्यसको लागि व्यवसायिक योजना बनाउनुपर्छ । वित्तीय संस्था तथा तालिम दिने संस्थाहरुसँग पनि छलफल गर्न सकिन्छ ।
सकभर त्यस्तो स्रोतलाई अवैधानिक तरिकाबाट वा नाफा हुन्छ भनेर धेरै फाइदा हुन्छ भनेर जोखिम मोल्ने ठाउँमा लगानी गर्ने अहिलेको परिपाटी छ । त्यसरी आजको फाइदा हेर्दा दीर्घकालिन नहुन सक्छ । जोखिम बढी हुन सक्छ । त्यसैले वैधानिक प्रकृया र योजनाबद्ध ढंगले लगानी गर्नुपर्छ ।
कतिपयसँग पैसा हुँदा पनि व्यवस्थापन गर्न नसकेका कारण पारिवारिक विखण्डन हुने गर्छ । स्रोतको बचत गर्नु भनेको एउटा अठोट हो । भनिन्छ बचत त्यागबाट प्राप्त हुन्छ ।
सुनौलो भविष्यको लागि बचत गर्ने सोच मान्छेमा आएपछि मात्र बचत गर्न सकिन्छ । त्यही भएर योजना बनाउनुपर्छ । वैदेशिक रोजगारीमा बस्ने, परिवारको खर्च कति छ भन्ने कुरा बुझेर त्यही अनुसार हामीले खर्चलाई सुनिश्चित गर्नुपर्छ ।
आफ्नो आम्दानीको कति भाग बचत गर्ने भन्ने तय भइसकेपछि बाँकी रहेको पैसालाई मात्र खर्च गर्ने योजना बनाउन सकियो भने मात्र बचत वृद्धि हुन्छ र विप्रेषणबाट फाइदा लिन सकिन्छ ।
वैदेशिक रोजागारीमा जानेहरु पैसाको महत्व बुझेर नै जानुहुन्छ । आफ्नो घर ठाउँ छाडेर परदेशको त्यस्तो वातावरणमा जानु भनेको पैसाको महत्व बुझेर नै जानुभएको हो । स्रोत र समय छोटो छ । त्यहाँ जाने व्यक्ति निश्चित समयको लागि जाने हो ।
त्यहाँबाट निश्चित स्रोत आउँछ । त्यो निश्चित स्रोतको लगानी गरेर आयआर्जन गर्न सक्ने वातारण भएको अवस्थामा हामीले यदि पैसा बचाउन सकेनांै, त्यसको सदुपयोग गर्न सकेनाैं भने पछि दुःख हुन्छ ।
वैदेशिक रोजागरीबाट फर्किंदा हामी सही हालतमा फर्किन पनि सक्छौं, नफर्किन पनि सक्छौं । भविष्य सही हुन पनि सक्छ, नहुन पनि सक्छ । त्यस्तो बेलामा वित्तीय स्रोत आफ्नो साथी हुन सक्छ ।
वित्तीय स्रोत साथी हुनको लागि अहिले हामीले पैसालाई चिनेर बचत गर्नुपर्छ । यदि अहिले हामीले पैसा बचायौं भने पछि पैसाले हामीलाई बचाउँछ ।
सापकोटा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) मा तालिम तथा वित्तीय साक्षरता कार्यक्रम संयोजक हुनुहुन्छ ।
Kishan mandal
Nov. 22, 2019, 6:50 p.m.यो लेख पढेपछि अति प्रभावित भएं / धेरै धेरै धन्यवाद !!