अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद

 मंसिर ८, २०८१ शनिबार ६:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति एवम् सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग संवाद गर्नुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री ओलीले मस्कसँग भर्चुअल संवाद गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पनि दिनुभएको छ । आउँदो जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उहाँको सचिवालयले जनाएको छ ।

अमेरिकाको राष्ट्रपतिमा ट्रम्पलाई जिताउन मस्कको विशेष भूमिका रहेको थियो । संवादको क्रममा मस्कले स्टारलिङ्कबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्नुभएको थियो । उहाँले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मस्क स्पेश एक्सका कम्पनीका मालिकसमेत हुनुहुन्छ, उहाँले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिङ्क शुरु गर्न इच्छा देखाइरहनुभएको छ । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल एक्समार्फत् मस्कसँग कुरा गरेको र नेपाल भ्रमणमा आउन निम्तो दिएको जानकारी दिनुभएको हो ।

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया